झापा, बैशाख १३ - कचनकवल गाउँपालिका-६, वनियानी (डुबडुवी) निवासी मटर राजवंशीकी कान्छी छोरी तथा इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा बीबीएस दोस्रो सेमेष्टरमा अध्ययनरत १९ वर्षीया लक्ष्मी राजवंशीको हिजो बीएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेकाले अस्पतालमा उपचार भइरहेको थियो। दुर्भाग्यवश, सम्पूर्ण उपचार प्रयासका बाबजुद उहाँको ज्यान जोगाउन नसकिएको कर्ण राजवँशीले बताउनु भएको छ।

दिवंगत लक्ष्मी राजवंशीको पार्थिव शरीरलाई सनातन धार्मिक परम्परा अनुसार आज १३ वैशाख, शनिवारका दिन विहान १० बजे अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नाता, इष्टमित्र, समाज तथा छरछिमेकमा सूचना गराइएको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।