

दुर्घटनामा परी केही यात्रु सामान्य रूपमा घाइते भएका छन् भने सबै यात्रु खतरामुक्त रहेको बताइएको छ। घाइते यात्रुहरूलाई समयमै उद्धार गरी नजिकको बीएण्डसी अस्पताल र बिर्ता सिटी हस्पिटलमा उपचारका लागि पठाइएको छ।
इप्रका झिलझिलेबाट खटिएको सुरक्षाकर्मीको टोलीले समयमै घटनास्थलमा पुगेर घाइतेहरूको सफल उद्धार गरेकोमा स्थानीयहरूले धन्यवाद दिएका छन्।
उपचाररत सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जानकारी शिक्षक विशाल भट्टराईले दिनुभएको छ।