झापा – कचनकवल गाउँपालिकाले गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई विवरण माग गर्ने निर्णय गरेको छ। २०८१ साल फागुन १८ गते जारी गरिएको पत्रमार्फत गाउँपालिकाले विद्यालय प्रशासनसँग विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।CamScanner 03-03-2025 10.20 (1)

पत्र अनुसार, विभिन्न विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी, पारिश्रमिक प्राप्त गर्ने शिक्षक विवरणहरू संकलन गर्न निर्देशन दिइएको छ। विद्यालय प्रशासनलाई उक्त विवरण तीन दिन भित्र उपलब्ध गराउन अनुरोध गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले आफ्नो विवरण समयमै शिक्षा शाखामा संकलन तथा प्रेषणमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

यस निर्णयसँगै गाउँपालिकाले विद्यालयहरूको व्यवस्थापन तथा पारदर्शितामा सुधार ल्याउने उद्देश्य राखेको बताइएको छ।CamScanner 03-03-2025 10.20