मंसिर ९ गते बुटाबारी, बिर्तामोडका शेयर सदस्य दिपक राजवंशीको ग्यारेजमा भएको आगलागीले आहत भएको परिवारलाई हाम्रो नेपाल साकोसले राहतस्वरूप रु. ५०,००० सहयोग प्रदान गरेको छ।
साकोसका अध्यक्ष भवानी प्रसाद दँगालका अनुसार, यो सहयोग सदस्य राहत कोषमार्फत व्यावसाय पुनः सञ्चालनमा मद्दत पुर्याउने उद्देश्यले प्रदान गरिएको हो। आगलागीका कारण परिवारको व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको थियो।
साकोसका पदाधिकारीहरूका साथै स्थानीय सदस्यहरूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो। यस अवसरमा अध्यक्ष दँगालले संकटको घडीमा साकोसले आफ्ना सदस्यहरूको पीडामा साथ दिन प्रतिबद्ध रहेको बताए।
पीडित परिवारले यस सहयोगले आफ्नो व्यवसाय पुनः सञ्चालन गर्न उत्साह मिलेको बताउँदै साकोसप्रति आभार व्यक्त गरेको छ।
हाम्रो नेपाल साकोसले आपतकालीन अवस्थामा आफ्ना सदस्यहरूको पक्षमा यस्ता सहयोगात्मक कदमहरू चाल्दै आएको छ।