✍️s.p.regmi - जब-जब माओवादी कमजोर हुन्छ हजारौं रबिहरु जेलको बास हुन्छ, यहाँ पुन मानवले मानवलाई दलित भनेर घर भित्र पस्न दिँदैनन्। महिलाहरुलाई बच्चा जन्माउने मेसिनमा सिमित राखिन्छ। सम्पूर्ण विभेदको खाडल खनिन्छ र सर्वहारा गरीब जनतालाई त्यस खाडलमा पुरेर त्यस माथी माफिया राजको महल खडा गरि देशमा गुण्डाराज चलाईन्छ।
सबै विभेद र अन्याय बिरुद्ध माओबादी जनयुद्धको शँखघोस भएको थियो। माओबादी आन्दोलनले मुक्ति दिएको थियो।आज अनेकौँ ग्वेभल्स शैलीका मिडिया प्रचारले माओवादीप्रति हेर्ने दृष्टिकोणलाई कमजोर बनाएका कारण पुनः नेपाली जनताले अहिलेको परिस्थिति भोग्नु परेको तितो यथार्थ हो।
माओवादी बलियो थियो भने देशमा आज अर्कै परिस्थिति बन्ने थियो। भ्रष्टहरु र माफियाको भागा-भाग हुने थियो। स्वतन्त्र युवाहरुले स्वदेशमा बसेर केही गर्छु भन्ने वातावरण हुने थियो। यो ध्रुव सत्य हो। किनकि माओवादीबाट जितेका जनप्रतिनिधिको स्थान आज बेग्लै छ, भरतपुर हेरे पुग्छ। हामीले सत्यलाई सत्य देख्न नसक्नु र भन्न नसक्नु पनि यो परिस्थिति आउनुमा उत्तिकै जिम्मेवार छ।
माओवादी भित्र पनि केही त्यस्ता अवसरबादी नेतृत्वहरु थिए तर तिनलाई मुल नेतृत्वले कहिल्यै बचाएन बरु उल्टै जेलको चिसो हावा खुवायो। यो देश नबन्नुमा मुख्य भुमिकामा नेपाली जनता पनि छन्। उनिहरुले राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेनन्। क्षणिक स्वार्थका निमित्त आफ्नै सन्तती र जन्मभुमी माथी आघात गरे।
आज देशमा खुलम खुल्ला भ्रष्टचारको लेनदेन हुन्छ। सरकारी मुद्दा खेपिरहेका अपराधीबाट सरकार प्रमुखसँग नै लेनदेनको कारोवार हुन्छ। खुलेआम राष्ट्रको सम्पत्ति ब्यक्तिको नाममा सारिन्छ। खुलेआम नागरिकलाई शरणार्थी बनाएर बेचिन्छ तर पनि त्यस देशका नागरिक निरीह बनेर तिनै भ्रष्टहरुलाई समर्थन गरिरहन्छन् भने त्यो देश बन्छ भनेर कसरी भन्न सकिन्छ ?
जब सम्म जनतामा चेतनाको विकास हुँदैन तब सम्म त्यो देशमा भ्रष्ट,माफियाहरुले राज गरिरहन्छन्। गुण्डाराज भनेको यहि हो।
फेरिपनि एकचोटि नेपाली जनताले माफिया राजको अन्तका निमित्त संघर्ष गर्न आवश्यक छ। यो दलाल संसदीय ब्यवस्था फालेर जनताले प्रत्यक्ष कार्यकारी चुन्ने ब्यवस्था ल्याउनका निमित्त र माफिया भ्रष्टहरुलाई लखेट्नका निमित्त माओबादिलाई साथ दिन जरुरी माओबादी अध्यक्ष प्रचण्डले रोस्ट्रमबाटै भनेको मुल कुरा यहि हो। प्रचण्ड फेरि नजन्मिन सक्छ। देश माफियाको हातमा गयो।उठ्नुस जाग्नुस नेपाली जनता हो।।माओवादी आन्दोलनको नेतृत्व लिन तयार छ।
हामी नेपाली जनताले यतिबेला आफ्नो अर्काको नहेरी माफिया र भ्रस्टाचारी विरुद्ध सडकमा आउन जरुरी छ।धन्यवाद।