उभै उभो उडी गएको बेठेगान बादल जस्तै, हिमाल सँगै आधा जीवन बाँचेर पग्ली झरेको पानी जस्तै बग्दै-बग्दै, फेरि आइपुगेकोछ आफ्नै समुन्द्रमा उ ! 

विद्या चापागाईं र उहाँको टिमले 'हेर्ने कथा'को माध्यमबाट भोजपुरे प्रकाश तामाङ "पका","काले"लाई भोजपुर फर्काउनु भएकोमा हामी भोजपुरेको तर्फबाट शिर झुकाएर नमन ज्ञापन गर्छौं । प्रकाशको यो अनौठो कथाले विश्वभरी रहेका नेपालीको मन एकै ठाउँमा तानेको छ साथै विभिन्न पहलहरु पनि शुरु भएको होला तर पहिलो सर्त प्रकाशलाई हामीले तत्काल पुर्न:स्थापना गर्नुपर्ने भएकोले  स्थानीय साथीहरुको सक्रिय पहलमा मेरो संयोजकत्व रहने गरी नेकपा (माओवादी केन्द्र) को तर्फबाट श्रमदान बाटै एउटा घर, एउटा शौँचालय, केहि लत्ता-कपडा र ६ महिना खाने (गाँस, बास र कपास ) जस्ता आधारभूत कुरा पहिलो चरण बन्दबस्त गने॔ निर्णय भएको छ।

यो जिम्मेवारी म कुनै पनि हालतमा पुरा गर्नेछु  । अन्तमा ठूलो हृदय बोकेर बाँच्ने जग्गा दाता, समाजसेवी हाम्रो पार्टीको केन्द्रीय सदस्य एवं गोर्खा भू.पू. सैनिक (गेसो) को अध्यक्ष ऐ. निवासी 'कृष्ण कुमार राई'प्रति आभार व्यक्त गर्दछौं । पहिला पुर्न:स्थापना गरौँ, बाँकी अरु सल्लाह गर्दै जाउँला ! 

नेपाली उखान छ, "एक थुकि सुकि, सय थुकि नदी" मन भएका सबै साथीहरु सम्पर्कमा बसौं, भौतिक रुपमा मसँगै खट्न चाहाना हुने साथीहरुलाई पनि हृदयदेखीनै  स्वागत गर्दछु ।