झापा । हिजो प्रकाशित माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई)को नतिजामा कचनकवल गाउँपालिकामा सञ्चालित १५ माद्यामिक विद्यालयबाट जम्मा ५५३ विद्यार्थीले परीक्षा दिएकोमा जम्मा १४८ जना उत्तीर्ण भएकाछन्।
हालसम्म कचनकवल गाउँपालिका भित्र ९ वटा सामुदायिक र ६ वटा सँस्थागत विद्यालयमा माद्यामिक तह सञ्चालितछन्। माद्यामिक सञ्चालित ९ वटा सामुदायिक विद्यालय मध्ये मोती माद्यामिक विद्यालय कचनकवल-३ मा साधारण धारतर्फ जम्मा ३८ जना मध्ये शून्य उत्तीर्ण भएकाछन् भने प्राविधिक धारतर्फ १७ सहभागीमा २ जना उत्तीर्ण भएकाछन्।
हेर्नुस कचनकवल गाउँपालिकामा सञ्चालित सामुदायिक र सँस्थागत विद्यालयको नतिजा :
१.विद्यापाणी माद्यामिक विद्यालयबाट जम्मा ३७ सहभागी मध्ये २२ जना उत्तीर्ण , २.स्वर्णिम शिक्षा सदन माद्यामिक विद्यालयबाट जम्म २० सहभागी मध्ये ९ उत्तीर्ण ,३.विद्यानिकेतन माद्यामिक विद्यालयबाट जम्म ३७ सहभागी मध्ये २४ उत्तीर्ण ,४.कचनकवल विद्या मन्दिर माद्यामिक विद्यालयबाट २४ सहभागी मध्ये १८ उत्तीर्ण ,५.गोल्डेन फ्युचर माद्यामिक विद्यालयबाट १२ सहभागी मध्ये ९ उत्तीर्ण,६.साउथदिप माद्यामिक विद्यालयबाट १० मध्ये १० उत्तीर्ण ,७.महेन्द्ररत्न माद्यामिक विद्यालयबाट २८ सहभागी मध्ये १ उत्तीर्ण ,८.लक्ष्मीप्रसाद देवकोटा माद्यामिक विद्यालयबाट ११५ सहभागी मध्ये १३ उत्तीर्ण ,९.मोती माद्यामिक विद्यालयबाट ३८ मध्ये ० उत्तीर्ण (साधारण तर्फ) भने प्राविधिक धारबाट १७ मध्ये २ उत्तीर्ण ,१०.शिव माद्यामिक विद्यालयबाट १३ मध्ये ० उत्तीर्ण ,११.बुद्ध माद्यामिक विद्यालयबाट ११ मध्ये ० उत्तीर्ण ,१२.पथरिया माद्यामिक विद्यालयबाट ५५ मध्ये १८ उत्तीर्ण ,१३.जानकी माद्यामिक विद्यालयबाट ७ मध्ये ० उत्तीर्ण ,१४.जनता माद्यामिक विद्यालयबाट ३३ मध्ये २२ उत्तीर्ण ,१५.लक्ष्मी माद्यामिक विद्यालयबाट ९६ मध्ये ० उत्तीर्ण भएकाछन्।
कचनकवल गाउँपालिका भित्र माद्यामिक तह सञ्चालित सामुदायिक र सँस्थागत जम्मा १५ विद्यालयको उत्तीर्ण परिणाम हेर्दा ५ वटा सामुदायिक विद्यालयको परिणाम शून्य आएको छ। गतवर्ष २०८० सालको एसईई कचनकवलको पथरिया र लक्ष्मी मावि दुईवटा केन्द्रबाट जम्मा ५५३ जना विद्यार्थीले परीक्षा दिएकोमा जम्मा १४८ जना उत्तीर्ण भएकोले कचनकवलको एसईई परीक्षा उत्तीर्ण प्रतिशत २६.७६ प्रतिशत रहेको छ।