झापा- कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिह राजवँशीले स्काउटलाई सामुदायिक विद्यायमा एउटा छुट्टै एकाइको रूपमा स्थापित गरिने भर्खरै प्रस्तुत नीति तथा कार्यक्रम घोषणा गरेका छन् ।

स्काउट अभियानको विकास र विस्तार गर्न स्थानीय सरकारले आगामी आर्थिक वर्षभित्र कचनकवलका सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने राजवँशीले घोषणा गरेका हुन् ।

कचनकवल गाउँपालिकाको १५औँ अधिवेशनको अवसरमा गाउँसभामा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै स्थानीय पालिकाका सामुदायिक विद्यालयमा विस्तार गरिने बताउनु भएको छ। 

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा स्काउट कक्षा सञ्चालन गाउँसभाबाट पारित भएपछि कार्यपालिका सदस्य तथा कचनकवल गाउँपालिका-३ अध्यक्ष ग्याँस अजमल मियाँलाई सोधेका थियौं ।‘अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार ल्याउँदै नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बनाउन तीनै तहको सरकारले आफ्नो वार्षिक  कार्यक्रममा स्काउटलाई समेट्दा मात्रै सफल राष्ट्र बनाउन सकिने भएकोले हामीले नीति कार्यक्रममा राखेका छौं ,’ मियाँले काजी खबरसँगको सँवादमा भनेका छन् ।