काठमाडौँ ।सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत कचनकवल गाउँपालिकालाई १९ करोड ७३ लाख ५१ हजार बजेट विनियोजन गरेको छ ।
सरकार र राजनीतिक दलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट खर्च गर्ने घोषणा सहित प्रतिबद्धता दोहोर्याउँदै आएका थिए ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएर बजेट बनाएको बताएका थिए । शिक्षा क्षेत्रमा अधिकांश गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । 'समृद्धिको आधार : शिक्षामा गुणात्मक सुधार' नारा दिइएको छ ।
कचनकवल गाउँपालिकामा २०८१/०८२ मा छुट्टयाइएको बजेट शीर्षक :
१.आधारभूत तहका स्वीकृत दरवन्दीका शिक्षक, राहत अनुदान शिक्षकका लागि तलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तरगतका शिक्षक/कर्मचारीहरु समेत) रु: ११४५५९०००
२.माध्यमिक तहका स्वीकृत दरवन्दीका शिक्षक, राहत अनुदान शिक्षक लागि तलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तरगतका शिक्षक/कर्मचारी,प्राविधिक धारका प्रशिक्षक समेत) रु. १८२२३०००
३.तोकिएका विद्यार्थीको दिवा खाजाका लागि विद्यालयलाई अनुदान रु. १३४७६०००
४.आधारभूत तह कक्षा (६-८) मा अंग्रेजी,गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान रु. २७६९०००
५.प्रति विद्यार्थी लागतका आधारमा सिकाइ सामग्री तथा डिजिटल सिकाइ समाग्री व्यवस्थाका लागि विद्यालयलाइ अनुदान रु. ३६७४०००
६.प्रारम्भिक बाल विकास सहजकर्ताहरुको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यबस्थापन अनुदान रु. ११७६७०००
७.माध्यमिक तह कक्षा (९-१०) मा अंग्रेजी,गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान रु. १२७१५०००
८.विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान रु. १९९००००
९.विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान रु. २९०२०००
१०.विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना (ReAL) कार्यान्वयन रु. ४०००००
११.विपन्न लक्षित छात्रवृत्तिकालागि छनौट भएका (कक्षा ६-१२ मा अध्ययनरत) विद्यार्थीका लागि छात्रवृत्ति रु. ६५९०००
१२.शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (परम्परागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षाका कार्यक्रम समेत)रु. ४७०००००
१३.शैक्षिक सुशासनका लागि सस्थागत क्षमता विकास, विद्यार्थी परीक्षण मुल्याङ्कन, शिक्षक मेन्टरिङ तथा विद्यालय सुपरिवेक्षण रु. १००६०००
१४.सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड ब्यवस्थापन रु. १८४५०००
१५.सार्वजनिक विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क पाठ्यपुस्तक अनुदान (स्थानीय विषय/मातृभाषाको समेत) रु. ५६१२०००
१६.सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रबृत्ति (आवासीय तथा गैरआवासीय) रु. १०५४०००
कचनकवल गाउँपालिकालाई आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत १६ वटा शीर्षकमा जम्मा १९ करोड ७३ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।