कचनकवल। झापाको कचनकवल स्थानीय तह लगायत तराईको तापक्रम चालिस डिग्रीभन्दा बढी हुन थालेपछि यहाँको जनजीवन प्रभावित हुन थालेको छ । गर्मीका कारण सबैभन्दा बढी बालबालिकालाई प्रभाव पारेको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि कोशी प्रदेशका केही पालिकाले विद्यालयमा पठन पाठनकोे समय परिवर्तन गरेका छन्, भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।
अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि कचनकवलका केही सँस्थाग विद्यालयले पोशाक र टाईमा अनिवार्य नगरिएको सूचना गरेको छ।कचनकवल गाउँपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका विद्यार्थीहरुमा गर्मीको प्रत्यक्ष असर पर्न थालेको छ।
अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्नै नसक्ने अवस्था सिर्जना भएकोले दिउँसो कक्षा सञ्चालन गर्न समस्या हुनथालेको छ।
बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावाले बस्नै नसक्ने बनाउन थालेकाले सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन गर्न सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै बिहानी सत्रमा पठनपाठनको ब्यवस्थापन गर्ने कि केही दिन विद्यालय बन्दगर्ने भन्नेमा कचनकवल गाउँपालिकाले अहिलेसम्म कुनै सूचना गरको छैन।