कचनकवल।बनियानीमा परालको कुन्युँमा आगो लागेको छ । कचनकवल गाउँपालिका ६ ,बनियानी निवासी उपासु राजवँशीको अन्दाजी १३० कट्ठा धानको परालको कुन्युँमा आज बेलुकी ६:४० बजे अकस्मात आगलागी भएको हो । 

आगलागीपछि परालको एउटा कुन्युँ जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय बनियानीको जनपद प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयबासीका साथै भद्रपुर नगरपालिकाको दमकल र जेसिभीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

आगो किन र कसरी लाग्यो भन्ने यकिन आधार नभएपनि उक्त कुन्युँ राखिएको स्थान बस्तीबाट नजिकैको दुरीमा रहेको विद्यालयको जमीनमा वरिपरि लगाईएको बाँसघारीले घेरिएकाले मध्य भागको कुन्युँ छेलिने भएकाले गाँजा सेवन कर्ताका लागि सुरक्षित स्थान मानिदै आएकोले समसाँझै उक्त घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ।

कचनकवलमा आगलागीको यस्तै प्रकृतिका घटना पहिलो नभएपनि अहिलेसम्म आगलागीमा सँलग्नलाई प्रहरीले सार्वजनिक भने गर्न नसकिरहेको अवस्थामा मुख्य बजार र क्याम्पसकै नजिकमा समसाँझै घटेको यस घटनालाई चौक र आसपास जोडिएका सिसि क्यामराले घटनामा सँलग्नको पहिचान गर्न प्रहरीलाई थुप्रै ठाउँका क्यामरा अनुसन्धान गर्नुपर्ने देखिन्छ।