कचनकवल ।नेपालकै सबैभन्दा होचो गाउँपालिका कचनकवल झापामा माध्यामिक शिक्षा (एसईई) परीक्षामा ५४२ विद्यार्थी सहभागी भएका छन् ।

देशैभर सञ्चालन भएको माध्यामिक शिक्षा (एसइई) परीक्षाको पहिलो दिन कचनकवलका दुईवटा परिक्षा केन्द्रहरुमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको हो ।

आजबाट विहान ८ बजेदेखि सञ्चालन भएको परीक्षाका लागि ५४७ जना विद्यार्थीहरुले परीक्षा फर्म भरेको भए पनि ५४२ जना मात्रै परीक्षामा सामेल भएको शिक्षा शाखा प्रमुख मनिता बरालले बताउनुभयो।

कचनकवलका दुईवटा परीक्षा केन्द्र मध्ये कचनकवल-६ बनियानीमा रहेको लक्ष्मी माविमा नियमित तर्फका १४४ छात्रा १०९ छात्र, ग्रेडविृद्धि तर्फ ४ जना छात्रा ३ जना छात्र रहेका छन् भने कचनकवल-३ पथरियाकै अर्को विद्यालय पथरिया मावि परीक्षा केन्द्रमा नियमित तर्फ १२६ जना छात्रा ,१५१ जना छात्रले सहभागिता जनाएका थिए ।

पहिलो दिन सञ्चालन भएको अँग्रेजी विषयको परीक्षामा कचनकवलका दुईवटा परीक्षा केन्द्रहरुमा नियमित तर्फ ५ जना विद्यार्थीहरु अनुपस्थित रहेका थिए ।

कचनकवलका दुईवटा परिक्षा केन्द्रमा आजबाट सञ्चालन भएको परीक्षा शान्तीपूर्वक सञ्चालन भएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले बताउनु भएको छ।