नवराज भट्टराई ।अहिले सामाजिक सञ्जाल तथा संचार माध्यममा अहिलेको सरकारको समिकरण सम्बन्धी राजनीतिक बिश्लेषकहरुका बौद्धिक बिचारलाई निरन्तर अध्ययन गर्दा केही प्रश्न हामीमा उब्जिन्छ। के हामी कुन शासन प्रणाली को प्रयोग गरि रहेका छौ ? हाम्रो मूल्य मान्यता संघीय लोकतान्त्रिक व्यवस्था होइन ? हो भने यो व्यवस्था मा जनताबाट निर्वाचित जनप्रतिनिधिले राज्य सत्ताको बागडोरको जिम्मेवारी लिन्छन् ? जब निर्वाचनमा संविधानले तोके बमोजिम एकल बहुमत नहुँदा सरकार बनाउन एक भन्दा बढी दल मिलेर सरकार निर्माण गर्ने र राज्य सञ्चालन गर्ने हामीले नै बनाएको सँविधानमा उल्लेख छैन ?
सँविधानमा छ भने राजनीतिमा राजनीतिक दलले सरकार सञ्चालन गर्न अग्रसर हुँदा आफ्नो राजनीतिक स्वार्थ अनुरुपको सहकार्य रोज्नु अन्यथा होईन जस्तो लाग्छ। संसदीय व्यवस्थामा निर्वाचनमा भाग लिनु र जनताबाट अनुमोदित हुनु भनेको राज्य सत्तामा स्थापित भई सरकार सञ्चालन गरि राज्यकोषको परिचालन गरी समग्र देशको चौतर्फी क्षेत्रको बिकासमा आफ्नो दललाई समाहित गर्नु हो । तसर्थ अहिले हाम्रो देशको भईरहेको घटनाक्रम लाई गहिराईमा हेर्ने हो भने आफ्नो दल अनुकूल हुँदा सबै राम्रो अनि आफ्नो दल सरकार अनुकूल नहुँदा खत्तम भन्ने भाष्य संकिर्ण सोचको उपज हो भन्दा फरक नपर्ला ।
२०७९ सालको निर्वाचन नेकपा एमालेका बिरुद्ध नेपाली काँग्रेस लगायत दलको गठबन्धनबाट निर्वाचन प्रक्रियामा भाग लिएको र एमाले केही स्थानमा अन्य दलसँग समिकरण गरेको ताजै छ। निर्वाचन परिणाम पछिको सरकार निर्माण कार्यमा स्वाभाविक बिचार मिल्नेसंग मिलेर सरकार बनाउने नेकपा एमाले र माओवादी केन्द्रको निर्णय ठिक समयमा गरिएको ऐतिहासिक निर्णय थियो।
भु-राजनीतिक परिवेश भएको हाम्रो देशका दुई ठूला कम्युनिष्ट पार्टीको मिलन देशी बिदेशी शक्ति र कतिपय हाम्रो आफ्नै कारणले दिगो टिकाउ हुन सकेन त्यो वर्गीय आन्दोलन प्रतिको ठुलो भुल थियो।राजनीति निरन्तर बग्ने अविरल इन्द्रावती जस्तो हुनुपर्छ र हो त्यही परिवेशबाट चलिरहेको राजनीतिलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले गर्नु भएको सत्ता समीकरण २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको पछिल्लो समष्टिगत निष्कर्ष वर्गीय उत्थान र समाजको रुपान्तरण ,कम्युनिस्ट एकता ,सम्बृद्ध नेपाल सुखी नेपाली ,दिगो विकास र स्थायित्वका लागि शासन ब्यवस्थामा कम्युनिस्ट एकता नै वर्तमानको आवश्यकता सहितको आलोचनात्मक समीक्षा सहितको उपज हो भन्दा उपयुक्त होला।यसले सम्रग राजनीतिलाई दिशा निर्देश गरेको छ।वर्तमान समीकरण बेठिक भन्ने केही नेकपा एमालेका कार्य कर्ताका बिचार प्रति खुलेर आलोचना गर्न चाहन्छु यदि यो समिकरण ठिक भएन भन्ने तपाईंको ठिक राय के छ ?
२०७९ सालको निर्वाचनमा देशब्यापी गठबन्धन हुँदा हाम्रो पार्टीले प्राप्त गरेको सफलता पछि हाम्रो बिरुद्ध देशी बिदेशी शक्ति केन्द्रले खेलेको भुमिका हामीले भुल्यौँ ?२००७ सालदेखि देशको शासन व्यवस्था परिवर्तन गर्न हाम्रो पार्टीले खेलेको भुमिका र ०६२/०६३ को जन-आन्दोलनबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हामीले ल्याएको होइन ?
अब हाम्रो मुल लक्ष्य भनेको हाम्रो संविधानले परिकल्पना गरेको शासन प्रणाली भित्र जनताको जनमतको बलमा आफ्नो दललाई राज्य सञ्चालनमा पुर्याउने राज्य कोषको परिचालन गरि सु-ब्यवस्थित राज्य चलाउनु नै हो हामीले भुल्नु हुदैन। यो सबै हेक्का हामीमा हुँदाहुँदै पनि किन हामी नबुझे झैँ गरिरहेका छौँ यो गम्भीर प्रश्न छ ?
के हामीले वर्तमान राज्य व्यवस्था परिवर्तनको आन्दोलन गर्नु परेको छ अब ? छैन भने अब हामीले गर्ने भनेको सके एकल शासन नभए बिचार र सहकार्य गर्ने सँग मिलेर जनप्रिय शासन गर्ने यो अहिलेको आवश्यकता हो । नेपाली राजनीतिको शिखर पुरुष पुर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दृढ सोच र संकल्पलाई सलाम प्रकट गर्दछु।( लेखक नवराज भट्टराई नेकपा एमाले पार्टीबाट निर्वाचित कचनकवल गाउँपालिका उपाध्यक्ष हुनुन्छ )