एस.पी.रेग्मी ✍️नलेखौ भने नागरिक सर्बोच्चता अपहरण भै रहेको छ।लेखौ भने फिरौती कुम्ल्याएर लिने गरि दलिय सिन्डिकेट भित्र कैद छ लोकतन्त्र।यदि कसैले देख्नु,भेट्नु भएमा जनता सम्म पुर्यादिनु हुने झिनो आसामा कलम चलाउँदैछु।
के तपाइले महसुस गरेको ब्यवस्था भित्र कतै लोकतन्त्र पाउनु भो।
बिडम्बना आज लोकतान्त्रिक ब्यवस्था लोकतन्त्र कै दुहाइ दिने दलहरुले अझ बुझ्न दलहरुकै सिन्डिकेट भित्र अनेकौ संसदीय प्रणालीको जालोद्वारा बेरिएको अवस्था भित्र फलामे ताल्चा लगाएर लुकाएकाछन्। त्यहाँ दलका टाउकेहरुलाई मात्र भेट्न र रसलिला मच्चाउन छुट छ।
सर्वसाधारण त नाङ्गो आङ लिएर जीवन जिउन बाध्य छन् भने त्यहीँ नाङ्गो शरीर पनि किस्ता किस्तामा विभिन्न शीर्षक बनाएर चिथोरीएका छन्। एउटा घर चल्नका लागि मेसिन झैँ पेलिनु त जनताको दिनचर्या बनेको छ।
शीर्षक हेरौ एकपटक।
पानी,बिजुली,शिक्षा,स्वास्थ,यातायात, कर(tax), भान्सा, मनोरंजन, जताततै कर बुझाउनु परेको हुन्छ तर अहिले सम्म जनतालाई यो कथित लोकतान्त्रिक ब्यवस्थाले के दियो निशुल्क ????
जब हामी आफ्नो भान्सामा पाक्ने तरकारी त बजारमा छानिछानी किन्छौँ भने आफ्नो भबिष्य निर्माण गर्ने नेतृत्व आँफैले प्रत्यक्ष चुन्न पाएका छैनौँ।
अत हामिले यो ब्यवस्था पाल्नु भनेको सिँहलाई मासु खिलाए जस्तै हो तलमाथि पर्ने बित्तिकै आफ्नै शिकार हुन तयार हुनुपर्छ।
लोकतन्त्र को सुन्दरता जनताले भोग्नका निमित्त दलहरु भित्र ठूलो आन्तरिक संघर्ष आवश्यक छ।दलहरुको सिन्डिकेट भित्र बलात्कार भएको नागरिक सर्बोच्चतालाई नागरिकले नै बचाउनु पर्ने छ। त्यो भनेको फेलियर संसदीय ब्यवस्थालाई फालेर जनवाद स्थापना गर्नु नै एक मात्र बिकल्प हो।