झापा । आदिवासी सन्थाल समुदायको सोहराय पर्वको अवसरमा भद्रपुर नगरपालिकाले माघ १५ गते स्थानीय विदा दिएको छ ।
नगर प्रमुख गणेश पोख्रेलले सूचना जारी गरी माघ १५ गते सार्वजनिक विदा दिइएको र सो दिन अत्यावश्यक सेवा बाहेक नगरका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरु ,स्वास्थ्य संस्थाहरु ,शैक्षिक संस्थाहरु बन्द रहने जनाएका छन् । सन्थाल समुदायले सोहरायलाई महान पर्वको रुपमा मनाउँदै आएका छन् ।