कचनकवल । आदिवासी सन्थाल समुदायको सोहराय पर्वको अवसरमा कचनकवल गाउँपालिकाले माघ १५ गते स्थानीय विदा दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले सूचना जारी गरी माघ १५ गते सार्वजनिक विदा दिइएको र सो दिन गाउँपालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरु ,स्वास्थ्य संस्थाहरु ,शैक्षिक संस्थाहरु बन्द रहने जनाएका छन् । सन्थाल समुदायले सोहरायलाई महान पर्वको रुपमा मनाउँदै आएका छन् ।