झापा । कचनकवल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष महावीर लिम्बू (रञ्जीत )का पिता स्व.मदन तुम्बापो लिम्बूको नवौं दिनको पुण्य तिथिमा कचनकवल गाउँपालिकाद्वार समवेदना पत्र प्रदान गरेको छ ।
स्व.तुम्बापोको समवेदना कार्यक्रम कचनकवल गाउँपालिका वडा नम्वर १ स्थित आफ्नै निवासमा श्रद्धा सुमन व्यक्त गर्दै समवेदना सभा गरिएको हो ।स्थानीय सरकारका प्रवक्ता चिन्तामणी खरेलले समवेदना-पत्र बाचन गर्दै सो अवसरमा वडा अध्यक्ष महावीर लिम्बूको पिताको अकल्पनीय स्वर्गारोहणले समाजलाई अपुरणीय क्षती पुगेको बताउँदै शोकको घडीमा स्व.बुवाको आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नु भएको थियो ।
नवौं दिनको दिन उपस्थित समवेदना कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेनद्र प्रसाद सिह राजवँशीका साथै वडाध्यक्षहरु र गाउँपालिकाका कर्मचारीहरु सहभागी समवेदना कार्यक्रममा समवेदना-पत्रलाई पालिका अध्यक्ष राजवँशीले परिवारलाई प्रदान गर्दै स्व.लिम्बूको फोटोमा पुष्प अर्पण गरिएको थियो ।
स्व. तुम्बापोको २०८० पौष २३ गते उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियो । स्व.लिम्बू १९८८ बैशाख १२ गते पिता स्व.दिलमान तुम्बापो र माता स्व.निमरानी तुम्बापोको कोखबाट माइला छोराका रूपमा जन्मनु भएको थियो ।
स्व.तुम्बापोको ६ छोरा र ५ छोरीबाट १८ नाति /१३ नातिनीहरुका साथै २२ जना पनाती /पनातीनीका धनी अभिभावक रहनु भएका तुम्बापोको काजकिरिया भने परिवारले आफ्नो लिम्बू परम्परा अनुरुप दशौँ दिनका दिन सम्पन्न गर्नेछन् ।