ताप्लेजुङ। प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर सम्बन्धि सल्लाह , सुझाव संकलनका लागि विभिन्न स्थानमा सुझाब पेटिका राखिने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले विभिन्न पृष्ठभुमि, भुमिका र अनुभव भएका ग्रहणयोग्य सल्लाह , सुझावका लागि ४ वटा सुझाब पेटिका राख्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताउनु भएको छ ।
निर्देशक हाङ्वाङ्का अनुसार सदरमुकाम फुङ्लिङमा रहेको समितिको कार्यालयमा एक थान , काफ्लेपाटी क्षेत्रमा एक थान , माथिल्लो फेदीमा रहेको प्रहरी कार्यालय छेउमा एक थान र मन्दिर परिसरमा एक थान गरि कुल चार थान पेटिका राखिनेछन् ।
पाथीभरा क्षेत्र विकास सतिलाई स्थानीय तथा भक्तजनले सुझाव संकलन गर्न पेटिकाको व्यावस्थापन गरिदिन सल्लाह प्रदान गरेकाले आफुहरुले पहिलो चरणमा चार वटा मात्र व्यावस्था गरेको र आगामी दिनमा थप्नुपर्ने स्थिती देखिएमा थप गरिने कार्यकारी निर्देशक हाङ्वाङले वताउनुभयो ।
पाथिभरा क्षेत्र विकास कोषले सुझावका लागि पहिलो पटक विभिन्न स्थानमा सुझाव पेटिका राख्न लागिएकाले अब दर्शनार्थीहरुको गुनासा र क्षेत्र विकास समितिले गनुपर्ने थप कामहरुका बारेमा रचनात्मक सुझावहरु आउने विश्वाश व्यक्त गर्नुभयो ।