बनियानी । कचनकवल जेसिजको पाँचौँ साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै संस्थागत यात्रालाई थप चलायमान बनाउने स्पष्ट सन्देश दिएको छ। सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूले नेतृत्वको जिम्मेवारी सम्हाल्दै “युवा नेतृत्व, सामाजिक उत्तरदायित्व र दिगो विकास” भन्ने जेसिजको मूल मर्मलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्षमा जेसी गोपाल घिमिरे चयन हुनुभएको छ भने कार्यकारिणी उपाध्यक्षमा जेसी आशिष वाग्ले र जेसी मनिष दाहाल रहनुभएको छ। उपाध्यक्षहरूमा जेसी रमेश घिमिरे, जेसी नवीन मिश्र, जेसी चन्दन शाह र जेसी वर्षा खतिवडाको चयनले नेतृत्वलाई समावेशी र सन्तुलित बनाएको छ। कानुनी सल्लाहकारमा जेसी नवराज ढुङ्गाना, महासचिवमा जेसी कुलचन्द्र अधिकारी, कोषाध्यक्षमा जेसी उषा किरण लम्साल, सचिवमा दिनेश चौधरी र सह-सचिवमा जेसी कृति नारायण गणेश चयन हुनुभएको छ।
त्यसैगरी जनसम्पर्क अधिकृतमा जेसी मेघ लिम्बू, तालिम संयोजकमा जेसी प्रतीक्षा कार्की, सदस्य वृद्धि संयोजकमा जेसी अर्जुन चम्लगाई, मिडिया को-अर्डिनेटरमा जेसी प्रजापति मैनाली, संघ-संस्था संयोजकमा जेसी उत्तम गौतम तथा स्पोर्ट्स को-अर्डिनेटरमा जेसी मनिष बराल चयन हुनुभएको छ।
जुनियर चेम्बर इन्टरनेशनल (JCI) केवल एउटा संस्था मात्र नभई नेतृत्व उत्पादन गर्ने “जीवित पाठशाला” हो। यहाँ युवाहरूले भाषण, व्यवस्थापन, नेतृत्व, सामाजिक सेवा र उद्यमशीलताका सीपहरू व्यवहारमै सिक्ने अवसर पाउँछन्। जेसिजले युवालाई आत्मकेन्द्रित सफलताभन्दा समाजकेन्द्रित योगदानतर्फ उन्मुख गराउँदै जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कचनकवल जेसिजले शिक्षा, स्वास्थ्य, वातावरण, युवा सशक्तिकरण, खेलकुद र सामाजिक चेतनाका क्षेत्रमा गर्दै आएको सक्रियताले स्थानीय स्तरमै सकारात्मक परिवर्तन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। नयाँ नेतृत्वले संस्थालाई अझ व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउँदै स्थानीय सरकार, संघ-संस्था र समुदायसँग सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
वर्ष २०२६ का लागि चयन भएको यो टिम केवल पदाधिकारीहरूको सूची मात्र होइन, कचनकवलको भविष्य निर्माणमा संलग्न प्रतिबद्ध युवाशक्तिको सामूहिक संकल्प हो। कचनकवल जेसिजको नयाँ कार्यकाल सफल, प्रेरणादायी र उदाहरणीय बनोस् भन्ने कामनासहित सम्पूर्ण पदाधिकारीहरूलाई काजी खबर परिवार हार्दिक बधाई शुभकामना ब्यक्त गर्दछौं ।




















