झापा । कचनकवल-२ (बागाडागी)स्थित चाराली-केचना सडकखण्डमा बेलुकी evening walk मा हिडिरहेका दुई जना स्थानीयलाई तीब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका छन्।

स्थानीय चित्र थापा र जीवन भट्टराई सडकमा हिँडिरहेका बेला प्र १-०१-०१३ प ८०६२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। स्थानीय पवन राजवँशीले तीब्र गतिमा मोटरसाइकल चलाउँदा सोही दिशामा हिडिरहेका पैदलयात्री चित्र थापा र जीवन भट्टराई गम्भीर घाइते बनेका हुन्।

घाइते तीनै जनालाई उपचारका लागि ॐ साई पाथीभरा अस्पताल पठाइएको स्थानीयले बताएका छन्। सोही दुर्घटनामा संलग्न मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक प्रदीप गौतमको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिई इप्रका बनियानीमा ल्याइएको छ।

प्रहरीका अनुसार घटनाबारे सूक्ष्म अध्ययन भइरहेको छ र विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।