संखुवासभा, खाँदबारी । संखुवासभाको मातेवामा विहिबार साँझ भएको खुकुरी प्रहारमा जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राई गम्भीर घाइते भएका छन्।


प्राप्त जानकारी अनुसार राईलाई आफ्नै फूपुको छोराहरु अमिर राई र सुरेन्द्र राईले टाउकोमा खुकुरी प्रहार गरेका हुन्। घाइते राईलाई गम्भीर अवस्थामा उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल लगिएको वडा अध्यक्ष देवेन्द्र राईले जनाएका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिशेक कुमार श्रेष्ठका अनुसार घटनामा संलग्न अमिर राई र सुरेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा दुवै पक्षले मादक पदार्थ सेवन गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।