झापा । कचनकवल जेसिजले शनिबार साँझ (मिति २०८२ भदौ २८ गते) कचनकवल-६ बनियानी गाउँपालिकाको कार्यालय अगाडि दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम Gen Z आन्दोलनमा सहिद भएका युवाहरुको आत्माको चिरशान्तिको कामना गर्दै आयोजना गरिएको हो।
        
                        
            
        
    
कार्यक्रमको सञ्चालन कचनकवल जेसिज वर्ष २०२५ का महासचिव जेसि आशिष वाग्लेले गरेका थिए। कार्यक्रममा जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि निर्मल दाहाल, कार्यकारिणी उपाध्यक्ष जेसि नवराज ढुङ्गाना, कार्यकारिणी उपाध्यक्ष जेसि उषा लम्साल, कोषाध्यक्ष जेसि मनिष दाहाल, उपाध्यक्ष जेसि दिनेश चौधरी, उपाध्यक्ष जेसि प्रजापती मैनाली (नवीन), सदस्य जेसि बर्सा खतिवडा लगायत जेसिज सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।
सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरी दीप प्रज्वलन गरिएको कार्यक्रममा अध्यक्ष जेसि निर्मल दाहालले समापन मन्तव्य राख्दै, Gen Z पुस्ताको प्रतिनिधित्व गर्ने संगठन भएकाले यो आन्दोलन आफ्नो पनि महसुस भएको बताए। उनले सहिदहरुको बलिदानबाट देशले सकारात्मक उपलब्धी हासिल गरेको उल्लेख गर्दै सम्पूर्ण नेपालीहरू एकताबद्ध भई देशलाई समृद्धि तर्फ अघि बढाउनुपर्नेमा जोड दिए।
                    
        
        
        
                            
                                                            



















