झापा, कचनकवल ।
हिजोबाट देशभर फैलिएको Gen Z आन्दोलनले हिंसात्मक रूप लिँदा कम्तीमा १९ जनाको ज्यान गएको छ भने ४९९ भन्दा बढी घाइते र अङ्गभङ्ग भएका छन्। आन्दोलन उग्र बन्दै गएपछि स्थिति नियन्त्रण बाहिर जाँदा जनधनको ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।
उक्त घटनापछि कचनकवल गाउँपालिकाभित्र भयावह त्रासदीपूर्ण वातावरण सिर्जना भएको छ। अभिभावकहरू आफ्ना बालबालिका विद्यालयबाट सकुशल घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने असुरक्षाले सताइरहेका छन्।
यस्तो अवस्थामा गाउँपालिका अध्यक्षको सचिवालयले कचनकवल गाउँपालिकाभित्र सञ्चालन भइरहेका सामुदायिक तथा निजी विद्यालयहरूलाई अर्को सूचना नआएसम्म पठनपाठन स्थगित गर्न अनुरोध गरेको छ।
जिल्ला प्रहरीले स्थितिलाई शान्त बनाउन सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने घाइतेहरूको उपचार नजिकैका स्वास्थ्य संस्थान र अस्पतालमा भइरहेको स्थानीय प्रशासनले जनाएको छ।




















