नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमति तथा संविधान संशोधनको विषयमा विशेष समिति गठन गरेर विस्तृत छलफल गर्नुपर्ने धारणा राखेकी छन्।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बास्तोलाले भनिन्, “पार्टीभित्र योग्यता र क्षमताका आधारमा मूल्यांकन गर्ने परिपाटी बसाल्न जरुरी छ।” उनले बजेट वितरणमा समानुपातिकता र आवश्यकता प्राथमिकता हुनुपर्नेमा पनि जोड दिइन्।

नयाँ पुस्ता र युवाका लागि स्वरोजगारमुखी कार्यक्रम ल्याएर देशमै रोजगारी सुनिश्चित गर्नुपर्ने उनले बताइन्। “जनतालाई केन्द्रमा राखेर काम गर्न सरकारलाई आग्रह गर्छु,” बास्तोलाको भनाइ थियो।

उनले विदेशिएका नेपालीलाई फर्काएर स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउँदै भनिन्, “यसका लागि संसदको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्छ।”