झापा, असार १९ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाको आयोजनामा र कचनकवल गाउँपालिकाको सहकार्यमा २०८२ जेठ ३० देखि सुकुनाडिगीस्थित सामुदायिक भवनमा सञ्चालित “समुदाय विपद् स्वयंसेवक तालिम” विशेष समारोहका बीच २०८२ असार १९ गते समापन भएको हो।

समापन समारोहको अध्यक्षता कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले गर्नुभयो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने र विशिष्ट अतिथिका रूपमा झापा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति झापाका अध्यक्ष गोपाल कुमार अधिकारी, निवर्तमान प्रदेश सभा सदस्य वसन्त कुमार बानियाँ, गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।Screenshot_2025-07-03-18-09-30-656_com.whatsapp-edit

तालिममा सहभागी २१ जना प्रशिक्षार्थीहरूले विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक सीप हासिल गरेका छन्। कार्यक्रममा प्रशिक्षार्थीहरूले जल उत्पन्न विपद्को अवस्थासम्बन्धी उद्धार अभ्यास, भान्सामा लागेको आगो नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने अभ्यास प्रस्तुत गरेका थिए।Screenshot_2025-07-03-18-32-30-117_com.miui.mediaeditor-edit

समापन अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, तालिम सञ्चालनमा सक्रिय भूमिका खेलेका प्रशिक्षकहरूलाई कचनकवल गाउँपालिकाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।

विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले विपद् जोखिम न्यूनिकरण र प्रारम्भिक क्षमतासमृद्धिमा यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले झापाका अन्य पालिकाहरूमा समेत यस्ता तालिम सञ्चालनको आवश्यकता औंल्याउँदै प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभयो।Screenshot_2025-07-03-18-33-38-623_com.miui.mediaeditor-edit

प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले यस्तो तालिमले विपद् व्यवस्थापनको पूर्वतयारीमा समुदाय स्तरमै चेतना अभिवृद्धि गर्ने र आपतकालीन अवस्थामा पहिलो सहायकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम अध्यक्ष गाउँपालिका प्रमुख कालेन्द्र प्रसाद सिह राजबंशीले तालिमले समुदायका व्यक्तिहरूलाई विपद् सामना गर्न सक्षम बनाएको भन्दै सुरक्षाकर्मी र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो।