कचनकवल । नेपाल सांस्कृतिक महासंघ कचनकवलको तेस्रो अधिवेशन कचनकवल गाउँपालिकामा भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा उपाध्यक्ष पदमा मिलन अधिकारी निर्वाचित भएका छन्।


नवनिर्वाचित उपाध्यक्ष अधिकारी एक युवासामाजसेवी तथा NK Nepal Trade and Supplier का संचालकसमेत हुन्। उनी लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। अधिवेशनले उनको योगदानलाई मूल्याङ्कन गर्दै जिम्मेवारी दिएको हो।
नव-निर्वाचित अधिकारीलाई शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, अन्य सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरूलाई पनि बधाई दिइएको छ।
अधिवेशनको सफल समापन तथा नयाँ नेतृत्वको चयनसँगै कचनकवल क्षेत्रमा सांस्कृतिक गतिविधिहरू अझ सशक्त र सुसंगठित रूपमा अघि बढ्ने विश्वास लिइएको छ।