कोशी प्रदेश - प्रदेशसभा(क) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भू्मि प्रसाद राजवंशीले आर्थिक वर्ष २०८१/०८२ मा अविरल वर्षाका कारण क्षति पुगेका पूर्वाधार आयोजना पुनर्निर्माणका लागि विशेष योजना सार्वजनिक गर्नुभएको छ।


मन्त्री राजवंशीले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण क्षति पुगेका भौतिक संरचनाहरूको विस्तृत विवरण संकलन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ती आयोजनाहरूको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि आवश्यक बजेट विपद् कोषमार्फत व्यवस्थापन गरिनेछ।
उक्त योजनामा मुख्यतः सडक, पुल, नाली, सिँचाइ प्रणाली तथा सार्वजनिक भवनहरू समावेश गरिएको छ। पुनर्निर्माण कार्य दीर्घकालीन दृषिकोणसहित दिगो र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा केन्द्रित हुने जनाइएको छ।
राज्य मन्त्री राजवंशीले यस योजनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुका साथै आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणमा मन्त्रालयले विशेष ध्यान दिने बताउनुभयो।
कोशी प्रदेश सरकारले प्रस्तुत योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरूसँग समन्वय गरेर अघि बढ्ने पनि उहाँले जानकारी दिनुभएको छ।