काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि आइतबार राजधानीमा निषेधित क्षेत्रमा आयोजना गर्न लागेको प्रदर्शन सम्भावित रुपमा हिंसात्मक हुनसक्ने आकलन गर्दै नेपाल शिक्षक महासंघले आफ्नो नियमित आन्दोलनको समय घटाएको छ।


राजावादी समूहको प्रदर्शनले सार्वजनिक सुरक्षामा असर पार्न सक्ने भन्दै महासंघले बिहान ११ बजेदेखि गर्दै आएको आन्दोलनलाई भोलिका लागि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्ममा सीमित गरेको जनाएको छ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, विगतमा राजावादी प्रदर्शनहरू हिंसात्मक देखिएको हुँदा प्रहरी प्रशासन समेत सचेत रहँदै आएको छ। त्यसैले शिक्षक महासंघले वर्तमान उपलब्धिको रक्षाका लागि सचेत रहँदै समय व्यवस्थापन गरेको हो।
महासंघले आवश्यक परेमा भोलिको आन्दोलन अझै छोट्याउने पनि संकेत दिएको छ।