झापा, शनिबार - भारतको जम्मू–कश्मीर क्षेत्रमा शनिबार दिउँसो मध्यम तीव्रताको भूकम्प जाँदा भारत र पाकिस्तान दुबै मुलुक त्रसित बनेका छन्। भूकम्पको झट्का भारतको श्रीनगरदेखि पाकिस्तानको विभिन्न भागसम्म महसुस गरिएको छ।


भारतीय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १२:३१ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्र पाकिस्तानको ३३.६३° उत्तरी अक्षांश र ७२.४६° पूर्वी देशान्तरमा, सतहदेखि करिब १०–१२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
भूकम्पको झट्का महसुस हुनेबित्तिकै जम्मू–कश्मीरका बासिन्दा त्रासमा परी घर, कार्यालय तथा भवनबाट बाहिर निस्किए। केही स्थानमा अराजकता पनि देखिएको थियो। तर, हालसम्म कुनै मानविय वा भौतिक क्षतिको ठोस विवरण प्राप्त भएको छैन।
पाकिस्तानका रावलपिण्डी, अटोक, चकवाल, मियाँवाली, पेशावर, मरदान, मोहमन्द र शबकदरजस्ता क्षेत्रमा पनि यस भूकम्पको प्रभाव देखिएको छ। यद्यपि, पाकिस्तानमा भूकम्प सामान्यजस्तै भए पनि भारतसम्म प्रभाव देखिनु चिन्ताको विषय बनेको छ।
स्मरणीय छ, सन् २००५ मा पाकिस्तानमा गएको शक्तिशाली भूकम्पले ७४ हजारभन्दा बढीको ज्यान लिएको थियो। त्यसयता क्षेत्रीय भूकम्पीय संवेदनशीलता झनै गम्भीर रूपमा हेरिन थालिएको छ।
सरकारी तथा स्थानीय निकायहरूले अहिलेसम्म विस्तृत क्षतिको मूल्यांकनमा जुटेका छन्।