बनियानी – स्व. लालबहादुर विष्टको पुण्यस्मृतिमा झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नम्बर ४ मा एक चौतारो निर्माण गरिएको छ। स्व. विष्टको सम्झनामा परिवारले यो सामाजिक कार्यको थालनी गरेका हुन्।


विसं २०४० साल असोज ९ गते जन्मिएका लालबहादुरको दुःखद निधन विसं २०६४ साल असार ११ गते भएको थियो। छोरा गुमाउनुको पीडालाई सेवा र स्मृतिमा रूपान्तरण गर्दै उनका पिता कर्ण बहादुर विष्ट, आमा चन्द्रमाया विष्ट तथा परिवारजनले चौतारो निर्माण गराएका हुन्।
समर्पण र सम्झनाको प्रतीकस्वरूप निर्माण गरिएको चौतारोले स्थानीयलाई विश्रामको ठाउँ उपलब्ध गराउनुका साथै समाजसेवाको प्रेरणा पनि दिने कोशी प्रदेश भौतिक योजना राज्यमन्त्री भुमि प्रसाद राजवँशीले उद्घाटन गर्दै बताउनुभयो।