कचनकवल-७ (साविक बालुवाडी-८, धौलावस्ती) निवासी समाजसेवी खगेन्द्र मोक्तानको मिति २०८१ माघ २७ गते साँझ असमायिक निधन भएको छ। उहाँको निधनको खबरले स्थानीयवासी तथा शुभेच्छुकहरूलाई मर्माहत बनाएको छ।
        
                        
            
        
    
हाल भद्रपुर सगरमाथा चोकमा बसोबास गर्दै आउनुभएका स्वर्गीय मोक्तानको अन्तिम संस्कार भोलि माघ २८ गते बिहान १०:३० बजे केन्द्रमोड, देउनियामा सम्पन्न गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
कचनकवलबाट मलामी जाने व्यक्तिहरूका लागि बिहान ८:०० बजे साविक बालुवाडी-८ बाट बसको व्यवस्था गरिएको छ।
स्वर्गीय मोक्तानको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण मोक्तान परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
                    
        
        
        
                            
                                                            



















