कचनकवल, झापा - अखिल नेपाल महिला संघ कचनकवल गाउँ कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट क. अरपना कटेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

कार्यक्रममा महिला सशक्तिकरण ,सामाजिक न्याय र समुदायमा महिलाको भूमिका बढाउनका लागि विविध मुद्दाहरूमा छलफल गरिएको थियो। नयाँ नेतृत्वले यी मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अध्यक्ष क. अरपना कटेलको नेतृत्वमा गठित २३ सदस्यीय टोलीले संघको लक्ष्य र उद्देश्यहरूलाई कार्यान्वयन गर्न सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस अधिवेशनले महिला अधिकार ,नेतृत्व विकास र ग्रामीण क्षेत्रमा महिला सहभागिता बढाउने अभियानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।