झापा क्षेत्र नं. ३ अन्तर्गत भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाका जनताको स्वास्थ्य तथा समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने शुद्ध खानेपानी आयोजनाको अवलोकन तथा महत्वपूर्ण निर्णयहरू भएका छन् ।
महत्वपूर्ण निर्णयहरू :
१. करिब ४० वर्षअघि निर्माण भएको भद्रपुर नगरपालिकाको सोमबारे खानेपानी आयोजनालाई नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरी यसै वर्षभित्र सञ्चालनमा ल्याइने ।
२. कचनकवल वडा नं. ३ को पथरिया खानेपानी आयोजना सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरी यसै वर्षदेखि सञ्चालनको प्रयास गरिने ।
३. घेरावारी खानेपानी आयोजनाको पहिलो र दोस्रो चरणको अवलोकन गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने ।
४. केचना र पाठामारीका आयोजना सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन र अन्य सहयोगी निकायसँग समन्वय गरिने ।
५. गौरीशंकर खानेपानी आयोजना (पृथ्वीनगर) का लागि सुधार ,विस्तार र थप विद्युतीय ऊर्जा व्यवस्थापनसम्बन्धी छलफल र निर्णय ।
नेतृत्व र सहभागिता :
खानेपानी ,सिंचाई तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीको नेतृत्वमा भएको अवलोकन तथा निर्णय कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री माननीय भूमी प्रसाद राजवंशी ,भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल ,उपप्रमुख राधा कार्की ,कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी ,उपाध्यक्ष नवराज भट्टराई ,कोशी प्रदेश निवर्तमान प्रदेश सभा सदस्य वसन्त बानियाँ तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।
यस पहलले झापा ३ क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित र व्यवस्थित खानेपानी आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।