झापा । कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको नेतृत्वमा काठमाडौ केन्द्रीत टोलीले कचनकवल प्राविधिक शिक्षालयलाई बहुवर्षीय योजना अन्तर्गत समावेश गर्न आवश्यक पहललाई तीव्रता दिएको छ। टोलीले आज उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै शिक्षालयको आवश्यक व्यवस्थापन र अन्य विकास योजनाबारे जानकारी गराएको छ।
उक्त टोलीमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,निवर्तमान प्रदेशसभा सदस्य बसन्तकुमार बानियाँ ,वडाध्यक्ष चिन्तामणि खरेल र प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडा रहेको टोलीलाई प्रेम भट्टराईले सहजीकरण गरिरहेका छन्।
गाउँपालिका अध्यक्ष राजवंशीको नेतृत्वमा भइरहेको यो पहलले कचनकवलको समग्र विकासमा योगदान पुर्याउने र शिक्षालयलाई बहुवर्षीय योजना अन्तर्गत समेटी प्राविधिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
कचनकवल प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडाका अनुसार टोलीले आजै अर्थ मन्त्रालयका मन्त्रीसँग पनि भेट्ने कार्यक्रम रहेको छ। यो पहलले कचनकवललाई शिक्षा र विकासको नयाँ गन्तव्यतर्फ अघि बढाउने विश्वास गरिएको छ।