झापा । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको नेतृत्वमा विकास योजनाका लागि काठमाडौँ केन्द्रित टोलीले आज गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।

आज बिहान गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाको समग्र शान्ति सुरक्षाको अवस्था सुधार गर्न विशेष पहल आवश्यक रहेको उल्लेख गरिएको छ। इलाका प्रहरी कार्यालय बनियानीलाई तत्काल प्रहरी भ्यान उपलब्ध गराउन र प्रहरी कार्यालयको भवन निर्माणका लागि अपुग रहेको जग्गा व्यवस्थापनमा स्थानीय सरकारले प्रकृया अगाडि बढाएकाले भवन निर्माणका लागि सरकारले सहजीकरण गर्नुपर्ने माग गरिएको छ।

गाउँपालिकाले प्रहरी कार्यालयको भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइसकेको र सो क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने आवश्यकता पनि ज्ञापनपत्रमा समावेश गरिएको छ।

गाउँपालिकाको टोलीमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, निवर्तमान प्रदेशसभा सदस्य बसन्तकुमार बानियाँ, वडाध्यक्ष चिन्तामणि खरेल र प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडा रहेको टीलीलाई प्रेम भट्टराईले आवश्यक सहजीकरण गरिरहनु भएको छ ।

गाउँपालिका अध्यक्ष नेतृत्वमा काठमाडौ केन्द्रित टोलीको पहलले कचनकवलको समग्र विकास र शान्ति सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ,भने आजै उक्त टोलीले भौतिक पुर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयका मन्त्रीसँग भेट्ने कार्यक्रम रहेको प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडाले जनाउनु भएको छ ।Screenshot_20241206_112657_Messenger