कचनकवल गाउँपालिका, वडा नं. ६ – "समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङता भएका व्यक्तिहरूको प्रवल नेतृत्व: यसको आधार" भन्ने मूल नाराका साथ, आज ३३ औं अन्तर्राष्ट्रिय अपाङता दिवस मनाइएको छ। कार्यक्रममा वडा नं. ६ का लक्षित वर्गसहित गाउँ कार्यपालिकाको कार्यालय परिसरमा कोणसभा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका कार्यवाहक अध्यक्ष भरत राजबंशीले गरेका थिए। उनले अपाङता भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै भविष्यमा संरचनात्मक अपाङतामैत्री संरचना विकास र समान सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा SN-JD संस्थाबाट कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो। सहभागीहरूलाई दिगो विकास ,समान सहभागिता र समतामूलक समाज निर्माणको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

तथ्यांकअनुसार ,गाउँपालिकामा अपाङता भएका व्यक्तिहरूको संख्या १५० छ, जसमा महिला ,पुरुष ,बालबालिका र ज्येष्ठ नागरिकहरू समावेश छन्। सहभागीहरूको विचारमा, यस्ता कार्यक्रमले समुदायमा सचेतना र सहकार्यको वातावरण सृजना गर्ने विश्वास गरिएको छ।

स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले सम्पूर्ण अपाङता भएका नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, आगामी दिनमा उनीहरूको सहज पहुँच र अधिकार सुनिश्चित गर्न सबैले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।