डिल्लीराम भट्टराई

झापा । बगान युथ क्लब कचनकवल प्रथम बुट्टावारी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बाह्रदशी-२(बुट्टावारी) खेल मैदानमा मँगलबार भएको खेलमा बगान युथ क्लवले इलेभन साईनिङ स्टार भद्रपुरलाई २-० गोलले हराएको छ ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफ २-० गोलमा सकिएको थियो । बगानले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै साईनिङ स्टारलाई निराश बनायो । बगान युथको जितमा मौसम सुब्बा र मनिष लिम्बूले गोल गरेकाछन् ।

बुट्टावारी युवा क्लबद्वारा आयोजित प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउनेछन् । उक्त खेलमा बगान युथ क्लबका मनिष योङहाङ्गलाई म्यान अफ द म्याचको  पुरस्कार प्रदान गरिएको छ ।