झापा - कचनकवल गाउँपालिकाले यही कात्तिक २८ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्थानीय संस्कृति ,परम्परा ,जात्राको संवर्धन प्रवर्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले बताउनुभयो । 
निमित्त प्रशासकीय प्रमुख केशव मैनालीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।प्रस्तुत विषयमा मिति २०८१ कार्तिक २८ गते बुधबारका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व हरिबोधनी एकादशी परेकोले उक्त दिन यस कचनकवल गाउँपालिका बनियानी, झापाका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था स्वास्थ्य संस्था लगायतका सम्पूर्ण सरकारी कार्यालयहरुमा स्थानीय सार्वजनिक बिदा दिने भनि मिति २०८१ कार्तिक १३ गतेको कार्यपालिकाको बैठकबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि निर्णयानुसार अनुरोध छ ।




















