झापा । नेपालकै होचो स्थानको गाउँपालिका कचनकवल गाउँपालिकाले मिति २०८१ कार्तिक ४ देखि र कार्तिक ७ गते सम्म ३ दिने सामुदायिक विद्यालयकका प्रअ तथा लेखा कर्मचारीलाई लेखा तथा जिन्सी ब्यवस्थापन तालिमको आयोजना गरेको छ ।
कचनकवल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रधानाध्यापक तथा विद्यालय लेखा कर्मचारीका लागि जिन्सी तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन कार्यक्रमको उद्घाटन गरिएको हो ।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको अध्यक्षता रहेको उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै उपाध्यक्ष नवराज भट्टराईले सामुदायिक विद्यालयमा लेखा तथा जिन्सी ब्यवस्थापनको समस्यालाई समयमै ठिक ढङ्गले ब्यवस्थापनका लागि ३ दिने तालिमले महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले विद्यालयको लेखा ब्यवस्थापनमा देखिएको समस्याको पुनरावृत्ति आगामी दिनमा आउन नहुने बताउँदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कचनकवल गाउँपालिकाको सभा हलमा गाउँपालिका भित्रका ३० वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक र लेखा कर्मचारीको उपस्थितिमा सञ्चालन भएको ३ दिने तालिमको सहजीकरण भने गाउँपालिका लेखा अधिकृत गोबिन्द रिजाल र आन्तरिक लेखा अधिकृत प्रभाकर आचार्यले गर्नु भएको छ।