बनियानी, असोज २५ गते । इलाका प्रहरी कार्यालय बनियानीले मौलो पूजा सम्पन्न गरेको छ ।नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी बरिस्ठ नायव निरीक्षक प्रविन भट्टराईले गर्नुभएको छ । 

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचैन कायम राख्ने जस्तो संवेदनशील कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्टदेवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ । Screenshot_20241011_130523_Gallery

सङ्गठनको कार्य सम्पादनमा कुनै किसिमको अनिष्ट नहोस् र कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहि आएको छ । नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेको थियो । 

झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडादशैँ र चैतेदशैँमा मौलो पूजा गरिन्छ । यसका साथै देशभरका प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा अनुसार सबै प्रहरी एकाइमा विधिवत् मौलो पूजा सम्पन्न गरिएको छ ।

उक्त अवसरमा शुभकामना आदानप्रदानका लागि इलाका प्रहरी कार्यालय बनियानीको निमन्त्रणालाई स्वीकार्दै कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी ,गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,कार्यपालिका सदस्य उमाशँकर गणेश ,प्रदेश सभा सदस्य निमसरि राजवँशी ,निवर्तमान प्रदेश सभा सदस्य बसन्त कुमार बानियाँ ,वडाध्यक्ष भरत राजवँशी ,निवर्तमान वडाध्यक्ष कुल बहादुर कार्की ,भुतपुर्व प्रहरी देउमान बुढाथोकी लक्ष्मी माद्यामिक विद्यालयका प्रधानाध्यापक सुकदेव पोख्रेल लगायत अतिथिको उपस्थिति रहेको थियोे ।