यम कुमार लिम्बु
बनियानी । ताराबन युवा परिवारको आयोजनामा भएको प्रथम तारबन फुटबल कपको उपाधि पुर्णिामा युवा क्लबले जितेको छ भने हिमाली युनाईटेड भद्रपुर उपविजयी भएको छ ।
आज भएको फाइलन खेलमा हिमालीलाई १-० गोल अन्तरले हराउँदै पुर्णिामाले उपाधि रक्षा गरेको हो । जीतसँगै पुर्णिामाले नगद रू ४० हजार, मेडल र प्रमाणत्र पाएको छ भने उपविजेता हिमालीले रू २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी ,ईलाका प्रहरी कार्यालय बनियानीका प्रहरी बरिष्ठ नायव निरीक्षक प्रविन भट्टराई ,दीपज्योति सामुदायिक वन समितिका हरि थाम्सुहाङ्ग ,कचनकवल वडा नम्बर ७ का अध्यक्ष भरत राजवँशी ,समाजसेवी हरि सिग्देल लगायतले विजयी–उपविजयी टीमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको मध्यान्तर समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राजवँशीले खेलकुद क्षेत्र पालिकाको प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । उहाँले समृद्धिका अनेकन पाटाहरु भए पनि खेलकुद पनि समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट असल, सभ्य र समुन्नत राष्ट्र बनाउने सकिने धारणा राख्दै आयोजकले एक्लै कार्यक्रमको आयोजना गर्नु सामान्य नभएकोले गाउँपालिकाले समेत सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज प्रविन भट्टराईले लागू औषध बिरुद्धको मुख्य नारालाई अगाडि बढाएर दुर्ब्यसन न्युनीकरणमा हातेमालो खेलकुदको माध्यमबाट कचनकवलमा शुभारम्भ गरेको प्रसंशा गर्नुभयो । उहाँले समग्र कचनकवलको विकासका लागि सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।