कचनकवल । चमारभिट्टा स्थित जमुनाखोला डुबानमा परेर ज्यान गुमाएकी झापाको कचकवल गाउँपालिकाकी नेहारिका राजवँशीको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
मृतक नेहारिकाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला ,जिल्ला प्रहरी उपरीक्षक मिलन केसी ,सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई र गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी समेतको उपस्थितिमा हिजो नै राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियोे । प्रजिअ बास्तोलाले मृत्यु भएका परिवारलाई दुई लाख बराबरको नगद रकम हस्तान्तरण गरिएको थियोे ।
असोज ११ गते कचनकवल -१ (चमारभिट्टा ) स्थित जमुना खोलामा आएको बाढीले आफन्त कहाँ पुगेर फर्किने क्रममा सोही वडाकी १४ वर्षीय बालिका नेहारिका राजवँशीलाई बेपत्ता बनाएको थियो । बाढीले बगाएको झण्डै ४५ घण्टापछि दुई किमि तल सोही खोलामा सशस्त्र प्रहरी ,नेपाल प्रहरी ,जनप्रतिनिधि र स्थानीयहरुले शव खोजीको क्रममा खोलाको डिल धानखेतमा शब फेला पारेको थियो ।
झकुवाटोल स्थित मृतकको परिवारलाई घरमै पुगेर राहत स्वरुप सङ्घीय सरकारले प्रदान गरेको दुई लाख प्रजिअ बास्तोला ,प्रहरी उपरीक्षक मिलन केसी र गाउँपालिका अध्यक्ष कालेन्द्र राजवँशीले हिजो रकम हस्तान्तरण गरिएको थियोे भने आज कचनकवल गाउँपालिका गाउँ कार्यापालिकाले समेत पीडित परिवारलाई घरमै पुगेर खाध्यान्न सहित नगद ५१ हजार राहत रकम गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी ,उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत पुन्य प्रसाद पौडेल लगायतले उक्त राहत सामाग्री र नगद रकम प्रदान गर्नुभएको हो ।