बनियानी । सामाजिक अगुवा नेकपा एमालेका नेता हरि घिमिरेलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी आमा टिकामाया घिमिरेको निधनभएसँगै उहाँ शोकमा पर्नु भएको हो । टिकामायाको असोज २० गते ३:१५ बजे निधन भएको हो ।
झापाको कचनकवल गाउँपालिका-६ (निला चौक) स्थायी बसोबास हुनुभएकी उहाँको निधन आफ्नै घरमा भएको हो । पारिवारिक स्रोतका अनुसार आजै १०:३० को समयमा स्थानीय पाठामारी स्थित मेची घाटमा अन्त्येष्टि गरिने जानकारीमा आएको छ ।
सम्पादन गरिएको छ।
८१ वर्षीय टिकामायाको अकस्मात स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा रहनुभएकी टिकामाया घिमिरे उपचारकै क्रममा कान्छा छोरा रमेशसँग हुनुन्थ्यो ।
स्वर्गीय टीका मायाको छोराहरु क्रमशः हरि प्रसाद घिमिरे ,शिव प्रसाद घिमिरे ,माधव प्रसाद घिमिरे ,भवानी प्रसाद घिमिरे र कान्छा छोरा रमेश घिमिरे भने आमासँगै बस्दै आएकाछन् ।
स्वर्गीय टिकामाया घिमिरेको छोरीहरु क्रमशः गोमादेवी सुवेदी ,चन्द्रा चौहान ,छलिमाया गौतम,सीता बराल र डम्बर कुमारी न्यौपाने रहेकाछन् ।