झापा।कचनकवल गाउँपालिका वडा नम्बर १ (झकुवाटोल) निवासी पन्चुलाल राजवँशीलाई खाद्यान्न सहयोग गरिएको छ।

ईलाका प्रहरी कार्यालय बनियानिका प्रहरी बरिस्ठ नायव निरीक्षक प्रविण भट्टराईको नेतृत्वमा गएको प्रहरीले असोज ११ गते स्थानीय चमारभिट्टा स्थित जमुनाखोलाको बाढीबाट निधन भएकी १४ बर्षीय निरिका राजवंशीको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ।

आर्थिक अवस्था कमजोर रहेको मृतक निरिका राजवँशीको परिवारलाई प्रहरीले २५ केजी चामल ,५ केजी भुजा ,१ कार्टुन चाउचाउ ,३ केजी दाल र ३ लिटर खाने तेल लगायतको खाद्यान्न घरमै पुगेर मृतकको आमा भगवती राजवँशीलाई हस्तान्तरण गरेको छ।