झापा। झापाको कचनकवल गाउँपालिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । अविरल वर्षाको कारणले आएको बाढीबाट पीडित भएका बिपन्न नागरिकलाई राहत वितरण गरेको हो ।

बाढीमा परी धनमालसहित घरबारविहीन भएका कचनकवल-३,६ र ७ नम्बर वडाका १२२ घरधुरीका लागि खाद्यान्न वितरण गरिएको हो । उनीहरुलाई खाने बस्नेको समस्या भएका कारण खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले जानकारी दिनुभय‍ो । “तत्कालका लागि प्रत्येक लाई ३ केजी भुजा ,१ कार्टुन पानी ,१ केजी नुन ,१ केजी दालमोठ ,४ प्याकेट चाउचाउ ,२ लिटर खाने तेल ,२ पिस साबुन वितरण गरेका छौँ”, उनले भने, “उहाँहरुको अहिले पनि खानबस्नको समस्या छ ।”

गाउँपालिकाका विभिन्न वडाहरुमा बाढीमा परी घरबारविहीन भएकाहरुको यकिन तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि तत्काल आवासको व्यवस्था गरिने अध्यक्ष राजवँशीले बताउनुभय‍ो । IMG-20240928-WA0000

लगातारको बर्षाको कारण बाढीबाट पिडित भएका विभिन्न वडाका १२२ बिपन्न परिवारलाई राहत वितरणमा सहयोग पुर्याउन जनप्रतिनिधि ,इलाका प्रहरी कार्यालय बनियानीको टोली ,विओपी पाठामारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले राहात वितरणमा सहयोग गरेको छ।