झापा। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनियानी शाखा कार्यलयबाट कचनकवल वडा नम्बर १ (घेराबारी), झापाकी धानतारी राजवशीलाई मृत्युदावी बापतको रकम रु.१३०००००।-(तेह्र लाख) रुपैया प्रदान गरेको छ।
राजवँशीले २०८० भाद्र ७ मा वीमा गर्नु भएको थियो।उक्त रकम नीजको श्रीमान स्वर्गीय प्रदीप नारायण राजवँशीको मृत्युपछि बैदेशिक बीमा राहत बापत कम्पनीले प्रदान गरेको हो।स्वर्गीय प्रदीप नारायण राजवँशी रोजगारीको सिलशिलामा साउदी अरब रहँदा घातक रोग मृगौला सम्बन्धि रोग लागेर उपचार गर्न ७ महिना अघि नेपाल आउनु भएको थियो । उक्त रोगको उपचारको क्रममा २०८१ साउन ३१ गते राजवँशीको निधन भएको थियो।
श्रीमानको मृत्युुपछि उक्त मृत्युदावी रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी बनियानी शाखा प्रबन्धक मेघ लिम्बुले २०८१ भाद्र २७ गते कार्यालयबाटै मृतकको श्रीमती धानतारी राजवंशीलाई मृत्युुदावी बापतको १३ लाख भुक्तानी सहितको चेक हस्तान्तरण गर्नु भएको थियो।