झापा । हरितालिका तीज पर्वको अवसरमा कचनकवल गाउँपालिकाले कार्यपालिकाको बैठक बसी भदै २१ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको हो ।
कचनकवल गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) सम्पूर्णमा शुक्रबार स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र सुमनद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।