झापा।कचनकवल गाउँपालिकाले शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा गरेको छ ।
गाउँपालिकाले सूचना जारी गरी शुक्रबार अर्थात साउन २५ गतेका दिन सार्वजनिक विदा दिएको छ।विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।




















