कचनकवल।नेपाल विद्युत् प्राधिकरणले झ्याप झ्याप बिजुली जाने समस्या कम भएको दाबी गरे पनि ५ मिनट भित्र पाँचै पटक बिजुली जाने आउने समस्या अहिलेसम्म कायमै छ। 

बिधुत प्राधिकरणले जस्तोसुकै बताए पनि कचनकवलका अधिकाँश स्थानमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कम भएको छैन। महिनौँ देखि बनियानी  वितरण केन्द्र अन्तर्गतका दक्षिणी वडावासी बिधुतको झ्याप्प झ्याप्तीको कारणले दिनहुँजसो बिजुली जाने समस्या कायम भएपछि पथरिया नयाँ बजारका जीत भट्टराईले आन्दोलन गर्नुको विकल्प नभएको बताए। तर प्राधिकरणले महिनौं देखि निरन्तर बिजुली जाने समस्या अन्त्य गर्न सकेको छैन।  

बिधुत प्राधिकरणलाई नागरिकले सम्पर्क गर्दा नियमित मर्मतसम्भार र ट्रान्सफर्मर फेर्ने तथा अपग्रेड गर्ने काम भइरहेको दाबी गर्न भने नछाडेको स्थानीय रोशन राजवँशी बताउँछन्। विशेष गरि कचनकवलका १,२,३ वडामा बस्ने जनता भने निसासिने गर्मी र अँध्यारोमै बस्न बाध्य छन्।यता प्राधिकरणका कर्मचारी भने ‘ओभरलोडको कारणले अहिले झ्याप्प–झ्याप्प बिजुली जाने समस्या देखिएको बताउँछन् ।

कचनकवल गाउँपालिकाका धेरै जस्तो वडामा लामो समयदेखि  बिजुली झ्याप-झ्याप जाने समस्या उस्तै भए पनि प्राधिकरणले वास्तविक कारण नागरिकलाई बताउन सकेको छैन भने सबै वडाको समस्या समाधान गर्न सकेको छैन।