कचनकवल।आर्थिक वर्ष २०७७/७८ मा तत्कालीन अन्जारा आलम कचनकवल गाउँपालिकाको अध्यक्ष भएको बेला निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको १५ लाख बजेट मार्फत सँघीय साँसद राजेन्द्रप्रसाद लिङ्देनले कचनकवल गाउँपालिकालाई दुईवटा ठूला हात्ती ,एउटा छावा हात्ती,एउटा शिवको मुर्ति,एउटा महेन्द्रको मुर्ति लगायतको मुर्तिकलाका सामाग्री उपलब्ध गराएको थियोे ।

तत्कालीन गाउँपालिका अध्यक्ष अन्जरा आलमले केचना पोखरी र भुतेश्वर शिवालय डाकुपाडामा मुर्ति स्थापना गरेपनि बाँकी मुर्ति अलपत्र अवस्थामा गाउँपालिका परिसर हुदै लक्ष्मी माद्यामिक विद्यालयको दक्षिणी भागमा जीर्ण अवस्थामा लडेको झण्डै ४ बर्षपछि वर्तमान स्थानीय सरकार कचनकवल गाउँपालिकाले मर्मतसम्भार गरि बनियानी चौकमा स्थापना गरेकोे बिषयलाई लिएर यतिबेला गलत प्रचारप्रसार र अफवाह फैलाउने कार्य भईरहेको छ।

गाउँपालिका परिसरको दृश्य :Screenshot_20240711_055423_Gallery

कचनकवल वडा नम्बर ६ वडाध्यक्ष चिन्तामणि खरेलका अनुसार " विगतको अन्जरा आलमको स्थानीय सरकारले आवश्यकता बिनै सार्वजनिक सम्पत्तिको खर्चगरी वेवारिसे बनाईएका मर्तिकलाका सामाग्रीलाई हामीले राज्यको सम्पत्ति खेर फाल्नुहुँदैन भनेर मर्मतसम्भार गरि चौकमा राखेका हौं ",बताउनुभयो।

वडा कार्यालय अगाडिको दृश्य :Screenshot_20240711_055408_Gallery

संविधानले प्रदान गरेको सुचनाको हक अधिकार बमोजिम वास्तविक सुचना माग्नुपर्नेमा मनोमानी अफवाह फैलाउने कार्यमा सक्रिय ब्यक्तिहरुलाई कार्वाहीका लागि गृह मन्त्रालयलाई स्थानीय सरकारले गुहार्छ वा त्यतिकै छाड्छ ? सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्ति माथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनीलाई वर्तमानको सरकारले साथ देला ? 

मर्मतसम्भार गर्दै गरेको दृश्य :IMG-20240711-WA0002

समाजमा अराजकता फैलिन थालेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर नै भनेको छ- विगत केही समय देखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ।

सामाजिक सञ्जालमा गरिएको पोष्ट :Screenshot_20240710_183743_Facebook

बिधुतीय माध्यमको प्रयोग गरि भ्रामक एवँ झुटा क्याप्सन राखी अपलोड गर्ने,सेयर गर्ने कार्यमा सँलग्न सबैलाई कानुनले कसुर ठानेको छ।